काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा आदर्श राज पाण्डे नियुक्त भएका छन् । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गरिएको हो । रिक्त रहेको उक्त पदमा पाण्डेलाई बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।