बिहीबार, मंसिर ३,२०८३ 12:22:18
  • बिहीबार, मंसिर ३,२०८३ 12:22:18
Global IME Bank Limited

कालंगा हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Bizshala
कालंगा हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ८ गतेदेखि निष्कासन गरेको २८ लाख ७० हजार कित्ता साधारण सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई रेटिङ कम्पनी केयर रेटिङ नेपालले  ‘केयर एनपी डबल बी इस्योर’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने मामिलामा मध्यम जोखिम रहेको जनाउँछ ।  

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.