शुक्रबार, कार्तिक ६,२०८३ 09:30:47
  • शुक्रबार, कार्तिक ६,२०८३ 09:30:47
Global IME Bank Limited

फिटनेस शंकाबीच पनि टिममा समेटिए मेस्सी, अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा

Bizshala
फिटनेस शंकाबीच पनि टिममा समेटिए मेस्सी, अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा
New Office

काठमाण्डौ । अर्जेन्टिनाले आगामी फिफा विश्वकपका लागि आफ्नो २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । जसमा कप्तान लियोनल मेस्सीको नाम पनि समावेश गरिएको छ। केही दिनदेखि उनको फिटनेसलाई लिएर उठेको शंकाबीच पनि प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई टोलीमा राखेका हुन्।

३८ वर्षीय मेस्सीले हालै आफ्नो क्लब इन्टर मियामीका लागि खेलेको अन्तिम खेलमा बायाँ ह्यामस्ट्रिङमा मांसपेशी समस्याका कारण मैदान छाडेका थिए। यद्यपि, प्रारम्भिक मेडिकल रिपोर्टअनुसार उनको चोट गम्भीर नभएको र उनी विश्वकपमा सहभागी हुने सम्भावना बलियो रहेको बताइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मेस्सीले यस टोलीमा समावेश भएसँगै आफ्नो रेकर्ड छैटौँ विश्वकप खेल्ने अवसर नजिक पुर्याएका छन्। उनले यसअघि अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

अर्जेन्टिनाको टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन देखिन्छ। गोलकिपरमा एमिलियानो मार्टिनेज, डिफेन्समा क्रिस्टियन रोमरो, लिसान्द्रो मार्टिनेज र निकोलस ओटामेन्डी जस्ता खेलाडी रहेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

मिडफिल्डमा एनजो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र रोड्रिगो डी पाउल जस्ता खेलाडीहरू छन् भने आक्रमणमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेज प्रमुख हतियारका रूपमा रहनेछन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.