आईतवार, असार १४,२०८३ 09:48:46
Bizshala
  • आईतवार, असार १४,२०८३ 09:48:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

Laxmi Sunrise Bank Limited
‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई महत्वपूर्ण विधेयकलाई औपचारिक रूपमा प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले आइतबार राति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रमाणीकरण गरेका हुन्।

New Office
CG Motors
Garima Development Bank

यी दुवै विधेयक यसअघि संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट छलफल तथा स्वीकृत भई पारित भएका थिए।  

संसदबाट पारित भएपछि कानूनी प्रक्रियाअनुसार प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएका ती विधेयकलाई राष्ट्रपतिले संवैधानिक व्यवस्था अनुसार अनुमोदन गरेका हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार दुवै विधेयक आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रपति समक्ष पेश भएको र सोही आधारमा प्रमाणीकरण गरिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.