बुधबार, असार १०,२०८३ 03:30:13
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:30:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकामा ३० भारतीयसहित ५२ जना पक्राउ, देश निकाला गर्ने तयारी

Laxmi Sunrise Bank Limited
अमेरिकामा ३० भारतीयसहित ५२ जना पक्राउ, देश निकाला गर्ने तयारी

काठमाण्डौ । अमेरिकी सीमा सुरक्षा निकायले ‘अपरेशन चेकमेट’ नामक विशेष अभियान अन्तर्गत एरिजोना राज्यको युमा सेक्टरमा अवैध रूपमा बसोबास गरिरहेका र ट्रक चलाइरहेका करिब ३० जना भारतीय नागरिकसहित ३६ जना सेमी–ट्रक चालकलाई पक्राउ गरेको जनाएको छ।

यूएस कस्टम्स एण्ड बॉर्डर प्रोटेक्शन(सीबीपी)का अनुसार, ११ देखि १५ मेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा कुल ५२ जनालाई नियन्त्रणमा लिइएको थियो, जसमा ३६ जना ट्रक चालक थिए। पक्राउ परेकामध्ये ३० जना भारतका नागरिक रहेको पुष्टि गरिएको छ भने बाँकी मेक्सिको, एल साल्भाडोर र रूसका नागरिक रहेको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

अधिकारीहरूका अनुसार, पक्राउ परेकामध्ये केही व्यक्तिहरूको अमेरिकी विभिन्न राज्यहरू –क्यालिफोर्निया, न्यूयोर्क, वाशिङ्टन र भर्जिनियाबाट जारी गरिएको कमर्शियल ड्राइभिङ लाइसेन्स फेला परेको थियो भने केहीसँग कुनै लाइसेन्स नै थिएन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सीबीपीले जारी गरेको विवरणअनुसार, धेरैजसो पक्राउ परेकासँग रोजगारी अनुमति सम्बन्धी कागजातहरू थिए, जुन अघिल्लो प्रशासनको समयमा जारी गरिएको भए पनि अहिले कानुनी रूपमा मान्य नभएको दाबी गरिएको छ।

अमेरिकी अधिकारीहरूले सबै पक्राउ परेकालाई संघीय अध्यागमन कानूनअनुसार प्रक्रिया अघि बढाइएको र उनीहरूलाई देश निकाला गरिने बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.