शनिबार, श्रावण २,२०८३ 08:58:43
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:58:43
Bizshala
Global IME Bank Limited

रसुवागढी जलविद्युत केन्द्र २२ दिनका लागि बन्द हुने

रसुवागढी जलविद्युत केन्द्र २२ दिनका लागि बन्द हुने
New Office

काठमजाण्डौ। रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्र अस्थायी रूपमा विद्युत उत्पादन बन्द हुने भएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार २०८२ साल असार २४ गते आएको ठूलो हिम बाढीका कारण केन्द्रका संरचना तथा मेसिन उपकरणहरूमा ठूलो क्षति पुगेपछि आपतकालीन अवस्था सिर्जना भएको थियो। क्षतिको आंशिक मर्मत तथा पुनर्स्थापना सम्पन्न गरी हाल तीनवटै युनिटबाट विद्युत उत्पादन सञ्चालनमा रहेको छ।

कम्पनीले आगामी वर्षायाममा पूर्ण क्षमतामा विद्युत उत्पादन सुनिश्चित गर्न आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माण कार्यहरू सम्पन्न गर्नुपर्ने भएकाले केन्द्रलाई अस्थायी रूपमा बन्द गर्न नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति प्राप्त भएको जनाएको छ।

स्वीकृत कार्यक्रमअनुसार केन्द्रबाट २०८३ साल जेठ २२ गतेदेखि असार १३ गतेसम्म २२ दिन विद्युत उत्पादन बन्द रहनेछ।

कम्पनीका अनुसार तोकिएको अवधिमा हाइड्रोमेकानिकल तथा विद्युत् उपकरण मर्मत, संरचनागत सुधार र जोखिम न्यूनीकरणका कार्यहरू सम्पन्न गरिनेछ। कार्यस्थलको अवस्था अनुसार आवश्यक परे कार्यतालिका परिवर्तन हुन सक्ने भए पनि निर्धारित समयभित्र सबै कार्य सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.