बाढीले रसुवागढी जलविद्युत् तहसनहस, १११ मेगावाट उत्पादन ठप्प; १७ अर्ब ७० करोड ऋणमा दबाब
काठमाण्डौ । विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि १११ मेगावाट क्षमताको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ। आयोजनाको भौतिक संरचना, इलेक्ट्रोमेकानिकल उपकरणदेखि प्रसारण लाइनसम्म क्षतिग्रस्त हुँदा आयोजना पुनः सञ्चालनमा आउन कति समय लाग्छ भन्ने यकिनसमेत हुन सकेको छैन। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सच...

