रसुवागढी जलविद्युत् आयोजनाको एक युनिटबाट फेरि विद्युत् उत्पादन सुरु
काठमाण्डौ । बाढी पहिरोले ठूलो क्षति पुर्याएको रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको नेतृत्वमा निर्माण भएको १११ मेगावाट क्षमताको आयोजनामा शनिबारबाट एक युनिटमार्फत ३७ मेगावाट विद्युत् उत्पादन सुरु गरिएको प्राधिकरणले जनाएको छ।

