सोमबार, असार १६,२०८२ 05:31:23
  • सोमबार, असार १६,२०८२ 05:31:23
Global IME Bank Limited

रसुवागढी हाईड्रोपावरको साधारण सभाको मिति र स्थान परिवर्तन

Hyundai Nepal
रसुवागढी हाईड्रोपावरको साधारण सभाको मिति र स्थान परिवर्तन
Nabil Bank Limited

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभाको मिति र स्थान परिवर्तन गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं साधारण सभाको मिति र स्थान परिवर्तन गरेको हो ।  

उक्त सभा अब आगामी असार ३० गते काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुनेछ । यसअघि उक्त सभाहरु असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुने तय भएको थियो । सभा आयोजना निर्माण क्षेत्रमा आईपरेका विभिन्न समस्याका कारण उक्त सभाको पूर्वनिर्धारित समय र स्थान परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले दुवै आवका लागि लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

उक्त सभामा २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ २३ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.