काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २९ गते काठमाण्डौको धुम्बाराहीमा रहेको स्मार्ट महलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि लाभांशको कुनै प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।
उक्त सभामा सञ्चालकसमितिको तर्फबाट प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल असार मसान्तको वासलात तथा आव २०८०/८१ को आर्थिक विवरणहरु, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधा र कम्पनीको सञ्चालक समितिमा रहने २ जना स्वतन्त्र संचालकको मनोनयन/निर्वाचन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                