बिहीबार, आश्विन ३०,२०८२ 09:40:35
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 09:40:35
IME remit
Global IME Bank Limited

रसुवागढी हाईड्रोको सेयर ‘स्ट्रङ बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयरभाउ ?

Hyundai Nepal
रसुवागढी हाईड्रोको सेयर ‘स्ट्रङ बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयरभाउ ?
Shivam Cement

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी चिलिमे जलविद्युत कम्पनीको भगिनी कम्पनी हो । १११ मेगावाट क्षमताको यो कम्पनी बागमति प्रदेशको रसुवा जिल्लामा सन् २०११ मा स्थापित कम्पनी हो । यस कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।  

कम्पनीको पूँजी संरचनामा ३३ प्रतिशत चिलिमे हाइड्रोपावर कम्पनीको, कर्मचारी सञ्चय कोषको १९.५ प्रतिशत , नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत , सर्वसाधारण समूहको १५ प्रतिशत , स्थानियको १० प्रतिशत र बाँकी अन्य समूहको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३९ करोड २१ लाख रुपैयाँ नेगेटिभ रहेको छ । योसँगै कम्पनीको कुल पूँजी ६ अर्ब ४४ करोड रहेको छ । यसैगरि, कम्पनीको खुद मुनाफा १ करोड ४४ लाख रुपैयाँ रुहेको छ भने प्रतिसेयर आम्दानी ६० पैसा नकारात्मक , मूल्य आम्दानी अनुपात १९३१ गुणा नकरात्मक र नेटवर्थ जम्मा ९४ रुपैयाँ रहेको छ ।  

प्राविधिक पक्षः  

इलिअट वेभ  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

जसअन्तगर्त यो कम्पनीको सेयर मूल्य पछिल्लो पटकको न्यून मुल्य ३५० देखि ४२५ सम्म वेभ १ , वेभ २ मा करेक्सन भएर ३६० सम्म, वेभ ३ मा ५०० सम्म र वेभ ४ मा करेक्सन भएर ४५० सम्म , र वेभ ५ मा ५३० सम्म पुग्न सक्छ ।  

माथि मुख्य तस्बिरमा  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

फियर एण्ड ग्रिड इन्डेक्स

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण अधिक रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ५०१ रुपैयाँ , न्यून मूल्य २४१ रुपैयाँ रहेको थियो । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारण समूहको रहेको छ । कम्पनीले हालसम्म कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीमा हाल अपर ब्याण्डमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले अल्पकालमा केही नाफा बुक हुन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने आरएसआई ६६ को तहमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल अपर ब्याण्डमा चलेको तर अल्पकालमा नाफा बुक आउन पनि सक्ने देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५०८

प्रतिरोध २ – ४७९

प्रतिरोध १–  ४६०

पिभट् प्वइन्टः ४३१

घटेमा सपोर्ट  

सपोर्ट १– ४१२

सपोर्ट २– ३८३

सपोर्ट  ३ –३६४

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको खुद मुनाफा , प्रतिसेयर आम्दानी नकारात्मक रहेको छ भने नेटवर्थ जम्मा ९४ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर कुल सम्पति भने ३४३ रुपैयाँ रहेको छ । प्राविधिक रुपमा कम्पनीलाई नियाल्दा बोलिङ्गर ब्याण्डको अपर ब्याण्डमा चलेको देखिन्छ । तर अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको कारण केही अल्पकालिन करेक्सन आउन सक्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । इलिअट वेभबाट नियाल्दा कम्पनीको सेयरभाउ ५३० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.