काठमाण्डौ । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले फिफा विश्वकप २०२६ सँगको विश्वव्यापी साझेदारीलाई उत्सवका रूपमा मनाउन ‘हुण्डाई वर्ल्ड कप टु वर्ल्ड कप’ विशेष ग्राहक योजना सार्वजनिक गरेको छ। फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारको रूपमा हुण्डाईले गतिशीलता, नवीनता र खेलप्रतिको लगावलाई जोड्दै आएको छ।
सोही अनुरूप नेपाली ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपको अवधिसम्म ढुक्क बनाउने उद्देश्यका साथ यो आकर्षक स्वामित्व सुविधाहरू सहितको नयाँ योजना ल्याइएको कम्पनीले जनाएको छ।
यस योजनाका मुख्य आकर्षणहरू:
आकर्षक नगद छुट: निश्चित मोडेलहरूमा रु. ४ लाखसम्मको नगद छुट।
विशेष विश्वकप बोनस: छनोट गरिएका मोडेलहरूमा रु. ४४,४४४ सम्मको थप विश्वकप बोनस।
बीमा सुविधा: १ वर्षको पूर्ण (Comprehensive) बीमा।
एक्सचेन्ज सुविधा: पुराना गाडी साट्न चाहने ग्राहकका लागि तत्काल स्पट एक्सचेन्ज तथा मूल्याङ्कन (Spot Exchange & Valuation) को व्यवस्था।
दीर्घकालीन सेवा र वारेन्टी: नयाँ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले हुण्डाईको तर्फबाट वर्षौंसम्म ढुक्क हुनका लागि निम्न सुविधाहरू पाउनेछन्:
४ वर्षको सवारी साधन वारेन्टी ८ वर्षको हाइ-भोल्टेज ब्याट्री वारेन्टी (इलेक्ट्रिक गाडीका लागि) ६ वर्षको निःशुल्क सर्भिसिङ ग्राहक सन्तुष्टि र बलियो सम्बन्धलाई सधैं प्राथमिकता दिँदै आएको हुण्डाईले आफ्नो देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत यो योजना सीमित अवधिका लागि लागू गरेको छ।
कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकवर्गलाई नजिकैको हुण्डाई शोरुममा गई यस "वर्ल्ड कप टु वर्ल्ड कप" योजनाको लाभ उठाउन हार्दिक निमन्त्रणा समेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।