काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हूलाई कुनै काम गर्न भनेमा उनले त्यो गर्ने बताएका छन्। ट्रम्पलाई नेतन्याहूलाई इरानमाथिको आक्रमण रोक्न कसरी सहमत गराए भन्ने सोधिएको प्रश्नको उत्तर दिने क्रममा ट्रम्पले यस्तो बताएका हुन् ।
जवाफमा ट्रम्पले भने, ‘मैले केवल यति भने कि हामीले विवेकपूर्ण ढंगले अघि बढ्नुपर्छ।’ हामी एउटा अत्यन्तै बलियो र लाभदायक सम्झौतामा हस्ताक्षर गर्ने धेरै नजिक पुगेका छौँ।’
उनले थपे, ‘त्यहाँ न त आणविक हतियार हुनेछ, न अन्य कुनै त्यस्तो कुरा। तपाईंलाई थाहा छ, हामीले धेरै नै सामान्य बुद्धि र विवेकको प्रयोग गर्नुपर्छ।’
जब ट्रम्पलाई, आफूले इजरायललाई इरानका आक्रमणहरूको जवाफमा मिसाइल प्रहार नगर्न आग्रह गरे पनि नेतन्याहूले प्रतिआक्रमण गरेको विषयमा प्रश्न सोधियो, उनले भने, ‘होइन, होइन। उनीहरू त्यसअघि नै प्रस्थान गरिसकेका थिए। उनीहरू पहिले नै मार्गमा थिए।’
नेतन्याहूबारे बोल्दै ट्रम्पले भने, ‘यदि मैले उनलाई केही गर्न भनें भने, उनले त्यो गर्छन्।’
दुई महिना अघि इरानसँग युद्धविराम लागू भएपछि आइतबार पहिलो पटक इसरायल र इरानले एकअर्कामाथि आक्रमण गरेका थिए। त्यसपछि अमेरिका र इसरायलका नेताहरूबीच यस विषयमा छलफल भएको थियो।

