काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले जारी गरेको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नामक ऋणपत्र परिपक्व हुने भएको छ। ७ वर्ष अवधिको १०.५ प्रतिशत वार्षिक ब्याजदर भएको प्रतिकित्ता रु. १ हजार अंकित मूल्यका कुल २० लाख कित्ता ऋणपत्र २०७६ असार ४ गते बाँडफाँट गरिएको तथा २०७६ भदौ १६ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र बैंकबीच सूचिकरण सम्झौता सम्पन्न भएको थियो।
बैंकद्वारा जारी सूचनामा उल्लेख भएअनुसार उक्त ऋणपत्र आगामी असार ३ गतेपछि परिपक्व हुने भएको हो । बैंकले ऋणपत्र परिपक्वतासँग सम्बन्धित सम्पूर्ण कार्यहरू सूचिकरण सम्झौता तथा प्रचलित नियामकीय व्यवस्था अनुसार सम्पन्न गरिने जनाएको छ।
यस ऋणपत्र परिपक्व भएपछि लगानीकर्ताहरूले मूलधन फिर्ता तथा तोकिएको ब्याज भुक्तानी प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।