‘एसबिएल डिबेन्चर २०८२’ सात वर्षपछि परिपक्व हुँदै
काठमाण्डौ । सिद्धार्थ बैंकले जारी गरेको ‘एसबिएल डिबेन्चर २०८२’ नामक ऋणपत्र सात वर्षको अवधिपछि यही पुस २६ गते परिपक्व हुने भएको छ।उक्त ऋणपत्र बैंकले २०७५ पुस २७ गते बाँडफाँट गरेको थियो भने नेपाल स्टक एक्सचेन्ज(नेप्से) सँग २०७५ फागुन २६ मा सूचीकरण सम्झौता गरिएको थियो।

