शनिबार, माघ १९,२०८१ 11:49:02
IME remit
  • शनिबार, माघ १९,२०८१ 11:49:02
IME remit
Global IME Bank Limited

लगानीका लागि बीमा कम्पनीको मूल्यांकन कसरी गर्ने ? यी हुन् महत्वपूर्ण सूचक

Hyundai Nepal
लगानीका लागि बीमा कम्पनीको मूल्यांकन कसरी गर्ने ? यी हुन् महत्वपूर्ण सूचक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पुनर्बीमा कम्पनीसहित कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमा १२ जीवन बीमा, १२ निर्जीवन बीमा र दुई पुनर्बीमा कम्पनी रहेका छन् ।  

पछिल्लो समय प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनी सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफसँगै एक पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार हुन थालेदेखि बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ ।  

नेप्सेमा सूचीकृत अन्य समूहका कम्पनीहरुको तुलनामा बीमा कम्पनीका सेयरभाउ आकर्षक देखिन्छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पनि हाइड्रोपावर कम्पनीपछि बीमा कम्पनीका सेयर सर्वाधिक कारोबार हुने गरेको छ ।  

साथै धितोपत्र बजार पूँजीकरणमा समेत बीमा कम्पनीहरुको उल्लेख्य योगदान रहेको छ । राष्ट्र बैंकका अनुसार बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म सर्वाधिक धितोपत्र पुँजीकरणमा हिस्सा थपेका छन् ।

सेयर लगानीकर्ताहरुले धितोपत्र दोस्रो बजारमा बैंक वित्तीय संस्था र बीमा कम्पनीका सेयरमा बढी विश्वास गर्ने गरेका छन् । वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा नियमन गर्ने निकाय हुने हुँदा त्यस्ता कम्पनीका सेयर खरिद गर्दा जोखिम बढी नहुने बजार जानकारहरु बताउँछन् ।  

बीमा कम्पनीहरुमा लगानी गर्नुअघि लाभांशमात्रै नहेरी त्यस्ता कम्पनीको मूल्यांकन गर्न पनि जान्नुपर्छ । बीमा कम्पनीहरुले पनि बैंकहरुले जस्तै हरेक ३–३ महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्छ । साथै यसबाहेक वार्षिक रुपमा वित्तीय प्रतिवेदन समेत सार्वजनिक गरेका हुन्छन् ।  

बचतका हिसाबमा बैंक र बीमा कम्पनीलाई एउटै तरिकाबाट लिएपनि व्यवसायको आधारमा यी दुबै फरक धारका कम्पनीहरु हुन् । बैंकहरुभन्दा फरक प्रकृतिको व्यवसाय गर्ने बीमा कम्पनीहरुको वित्तीय विवरण बुझ्न केही जटिल पनि मानिन्छ ।  

सेयरबजारमा लगानी गर्नुअघि बीमा कम्पनीका महत्वपूर्ण सूचकहरु केलाउन सक्ने हो भने जोखिम कम हुन सक्ने विज्ञहरुले बताउँदै आएका छन् । बीमा कम्पनीको त्रैमासिक वित्तीय विवरण र वार्षिक प्रतिवेदनमा उल्लेख हुने महत्वपूर्ण केही सूचकले कम्पनी मूल्यांकन गरी छनोट गर्न सहयोग पुग्न सक्छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

बीमा कोष  

बीमा कोष बीमा कम्पनीहरुको लागि महत्वपूर्ण सूचक मानिन्छ । बीमा कम्पनीहरुले एकीकृत आय ब्यय हिसाबमा बीमा शुल्क, लगानी वा कर्जाबाट भएको आम्दानीबाट दाबी भुक्तानी, आयकर जस्ता खर्च कटौती गरी बचेको रकमलाई बचतको शिर्षक दिएर त्यसबाट केही प्रतिशत रकम जीवन बीमा कोषमा जम्मा गर्ने गर्छन् । जीवन बीमा कम्पनीहरुको हकमा बीमा गर्ने व्यक्तिको मृत्यु भएमा वा बीमा अवधि परिपक्व पश्चात् दाबी भुक्तानी दिनुपर्ने हुन्छ । यसको लागि पनि बीमा कम्पनीले बचतबाट धेरै रकम जीवन बीमा कोषमा राख्ने गर्छन् । जीवन बीमा कोषको आकारअनुसार बीमा कम्पनीहरुले दायित्व बहन गरेको छ या छैन यसरी मूल्यांकन गर्न सकिन्छ ।  

रिटेन्ट अर्निङ

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ सूचक पनि छुट्याएको हुन्छ । यो सूचकले बीमा कम्पनीहरुको सञ्चित कोष जनाउँछ । बीमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट आश्रित रकम सेयरधनीलाई लाभांशको रुपमा नबाँडेर यस्तो कोषमा सञ्चित गरेको हुन्छ । कम्पनीहरुले भविष्यमा कर्जा तिर्न, सञ्चालन तथा व्यवस्थापन खर्च, पुँजीगत खर्च लगायतका विषयमा खर्च गर्नको लागि रिटेन्ट अर्निङमा रकम सञ्चित गरेको हुन्छ ।  

खुद चालु सम्पत्ती

खुद चालु सम्पत्ति सूचकले कम्पनीको हालको अवस्थालाई जनाउँछ । चालु सम्पत्तीबाट चालु दायित्व घटाएर खुद चालु सम्पत्ती निकालिन्छ । यसले कम्पनीको अल्पकालिन अवस्था कस्तो छ भन्ने हेर्न सहयोग गर्छ । खुद चालु सम्पत्ति बढी भएको कम्पनीको अवस्था समेत राम्रो हुन सक्ने संकेत गर्दछ ।  

प्रतिसेयर आम्दानी  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । कतिपय लगानीकर्ताहरुले कम्पनीको प्रतिसेयर आम्दानीको आधारमा कतिसम्म लाभांश दिनसक्छ भन्ने अनुमान लगाउन सक्छन् ।  

प्रतिसेयर नेटवर्थ  

प्रतिसेयर नेटवर्थ ९बुकभ्यालु० पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ भने नेटवर्थ कम हुँदा कम्पनीको दायित्व बढ्दै गएको बुझ्न सकिन्छ ।  

पीई रेसियो

यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । सिद्धान्तको आधारमा पीई रेसियो कम भएका कम्पनीमा लगानी गर्न उचित मानिन्छ ।  

आम्दानी

बीमा कम्पनीहरुको मुख्य आम्दानीको स्रोत भनेकै लगानी गरी प्रतिफल पाउनु हो । बीमा कम्पनीहरुले बीमितहरुबाट संकलन गरेको प्रिमियम रकमलार्य बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा लगानी गरेका हुन्छन् । यसका साथै बीमा कम्पनीहरुले सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । उक्त क्षेत्रमा लगानीबाट कम्पनीहरुले आर्जन गर्ने मुनाफा नै आम्दानीको मुख्य स्रोत हो ।  

कुल बीमा शुल्क आर्जन

बीमा कम्पनीहरुले बीमा शुल्क आर्जनलाई दुईवटा शीर्षकमा देखाएका हुन्छन् । कुल बीमा शुल्क आर्जनले कुनै निश्चित अवधिभर आर्जित बीमा शुल्कलाई बुझाउँछ । यसमा पुनर्बीमा कम्पनीलाई दायित्व सारे वापत तिनुपर्ने रकम घटाएको भने हुदैन ।

खुद बीमा शुल्क आर्जन

खुद बीमा शुल्क आर्जन शीर्षकमा भने पुनर्बीमा कम्पनीलाई दायित्व सारे वापतको रकम घटाएपछि कम्पनीले आफुले पाउने रकम उल्लेख गरिएको हुन्छ । यस्तो रकमलाई बीमा कम्पनीको मुख्य व्यवसाय मानिन्छ । खुद बीमा शुल्क आर्जनको आधारमा बीमा कम्पनीको व्यवसाय कति छ त्यो मापन हुन्छ ।  

खुद नाफा

बीमा कम्पनीहरुले बीमितहरुबाट संकलन गरेको बीमा शुल्कलाई विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । कम्पनीहरुले लगानी वा कर्जाबाट भएको आम्दानीबाट दाबी भुक्तानी, आयकर जस्ता खर्च कटौती गरी सञ्चित रकमको केही प्रतिशत रकम कोषहरुमा सञ्चित गरेर बचेको रकमलाई खुद नाफामा देखाउने गर्छन् । बीमा कम्पनीहरुले खुद नाफाबाटै सेयरधनीहरुलाई प्रतिफल बाँड्ने गर्छन् ।  

सोल्भेन्सी अनुपात

बीमा कम्पनीहरुले सोल्भेन्सी रेसियो कायम गर्न नसकेको अवस्थामा लाभांश बाँड्न नपाउने अवस्था सिर्जना हुन्छ । बीमा कम्पनीको दायित्वको तुलनामा कम्पनीको पूँजीकोष, जगेडा तथा सम्पत्ती पर्याप्तताको मूल्यांकन गर्दछ । बीमा प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीको लागि यो दर १.५ हुनुपर्ने व्यवस्था छ । यो दर १ प्रतिशतभँदा पनि कम भएमा कम्पनीमा थप पुँजी लगानी गर्नुपर्ने मानिन्छ ।  

दायित्व धारण

बीमितको बीमामा बीमा कम्पनीले कति हिस्सा आफुले दायित्व वहन गरेको छ र कति पुनर्बीमा कम्पनीमा सारेको छ भन्ने यो सूचकमा उल्लेख भएको हुन्छ । कम्पनीले ल्याएको हरेक योजना ९पोलिसी०को यस्तो विवरण हुन्छ । कम्पनीहरुले विभिन्न योजनाको दायित्य बढी आफैंले लिएको छ वा पुनर्बीमा कम्पनीमा सारेको छ त्यो बुझ्न आवश्यक हुन्छ ।  

दाबी भुक्तानी

कोरोना महामारीपश्चात् यतिबेला बीमा कम्पनीहरुले दाबी भुक्तानी दिन नसकेको धेरै बीमितहरुको गुनासो छ । कम्पनीले दायित्व बहन गरेको मात्रा धेरै रहेमा पनि दाबी भुक्तानीमा समस्या हुनसक्छ । बीमा कम्पनीमा लगानी गर्नुअघि बीमा दाबी भुक्तानीको अवस्थाका बारेमा बुझ्दा राम्रो हुन्छ । दाबी भुक्तानी बाँकी रहेको अवस्थामा कम्पनीले दायित्व बहन गर्न नसकेको बुझ्न सकिन्छ ।  

कायम बीमालेख संख्या  

कम्पनीले हरेक वर्ष नयाँ बीमालेख जारी गरिरहेको हुन्छ । बीमा लेखको संख्याले त्यो कम्पनीले कति वटा बीमा गरेको छ भन्ने जनाउँछ । कायम बीमालेख संख्या धेरै भएको अवस्थामा कम्पनीको व्यवसाय पनि बढी रहेको जनाउँछ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X