काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन् । बैंकको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष नियुक्ती गर्ने निर्णय गरेको हो ।
रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका प्रतिनिधि हुन् ।
उक्त बैठकले बैंकका संस्थापक विशाल ग्रुपको प्रतिनिधित्व गर्दै सञ्चालक तथा अध्यक्षका रूपमा कार्यरत अनुज अग्रवालले दिएको राजीनामा स्वीकृत समेत गरेको छ।
राजीनामापश्चात् विशाल ग्रुप लिमिटेडको प्रतिनिधिको रूपमा दीपक कुमार अग्रवाललाई बैंकको सञ्चालक सदस्यमा जेठ २७ देखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

