आईतवार, आश्विन २५,२०८३ 12:23:42
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 12:23:42
Bizshala
Global IME Bank Limited

अमेरिकामा बढ्दो महङ्गीप्रति ट्रम्पको टिप्पणी,‘आई लब द इन्फ्लेशन’

Bizshala
अमेरिकामा बढ्दो महङ्गीप्रति ट्रम्पको टिप्पणी,‘आई लब द इन्फ्लेशन’
New Office

काठमाण्डौ । अमेरिकामा वार्षिक मुद्रास्फीति दर मे महिनामा बढेर ४.२ प्रतिशत पुगेको छ, जुन पछिल्लो तीन वर्षयताकै उच्च स्तर हो। सरकारी तथ्यांक अनुसार यो वृद्धि मुख्य रूपमा ऊर्जा (ऊर्जा तेल÷पेट्रोल) को मूल्य वृद्धि कारण भएको हो, जसमा इरानसँगको जारी द्वन्द्वले ठूलो प्रभाव पारेको बताइएको छ।

मुद्रास्फीतिको यो तथ्यांक सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित रूपमा सकारात्मक प्रतिक्रिया दिएका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईलाई थाहा छ मलाई वास्तवमै के मन पर्छ ? मलाई मुद्रास्फीति मन पर्छ।’

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

ट्रम्पले आफ्नो २०२४ को चुनावी अभियानमा मुद्रास्फीति छिट्टै नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए, तर अहिले उनको तर्क अनुसार मूल्यवृद्धि पूर्ण रूपमा इरान युद्धका कारण ऊर्जा मूल्य बढेको परिणाम हो।

ट्रम्पका अनुसार हालको मूल्यवृद्धि अस्थायी हो र इरानसँगको युद्ध समाप्त भएपछि तेलको मूल्य र समग्र मुद्रास्फीति दुवै तीव्र रूपमा घट्नेछ। उनले ऊर्जा मूल्यवृद्धिलाई मुख्य कारण भन्दै अमेरिकी सेनाले हर्मुज जलमार्गमा तेल ढुवानी सुरक्षित बनाउने गोप्य अपरेशन चलाइरहेको दाबी पनि गरे । जसबाट १० करोडभन्दा बढी ब्यारेल तेल बजारमा पुगेको उनको भनाइ छ।

CG Motors
Muktinath Bikas Bank Limited

आर्थिक विश्लेषकहरूले भने ऊर्जा मूल्य वृद्धिका कारण उपभोक्ताको क्रयशक्ति घटिरहेको र वास्तविक ज्याला पनि दबाबमा परेको चेतावनी दिएका छन्।

राजनीतिक रूपमा पनि यो विषय चर्किएको छ। विपक्षी डेमोक्र्याटहरूले ट्रम्पको अभिव्यक्तिलाई आलोचना गर्दै जनताप्रतिको संवेदनहीनता भएको बताएका छन्। आगामी मध्यावधि चुनावको सन्दर्भमा आर्थिक अवस्था प्रमुख मुद्दा बन्ने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.