बिहीबार, श्रावण ७,२०८३ 05:07:50
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 05:07:50
Bizshala
Global IME Bank Limited

१०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफको ६ लाख सहयोग

१०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफको ६ लाख सहयोग
New Office

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत १०० जना विपन्न नागरिकको निःशुल्क मोतिबिन्दु शल्यक्रियाका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले मात्रिका आई सेन्टरसँग सहकार्य गर्दै धनुषा र महोत्तरी जिल्लाका आर्थिक अभावका कारण उपचारबाट वञ्चित मोतिबिन्दुका बिरामीहरूको जनकपुरमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया कार्यक्रममा उक्त सहयोग उपलब्ध गराएको हो।

कम्पनीका अनुसार सहयोग रकमबाट ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। मात्रिका आई सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लामा आँखा स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आईएमई लाइफका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा कम्पनीले निरन्तर सामाजिक योगदान गर्दै आएको उल्लेख गर्दै यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.