काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडको लक इन अवधि असार २४ गतेपश्चात समाप्त हुने भएको छ । बैंकको सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको ८६ हजार १९४ कित्ता सेयरको लक इन अवधि उक्त मितिपश्चात समाप्त हुन लागेको हो ।
सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।
सालपा विकास बैंकले सर्वसाधारणलाई जारी गरेको आईपीओ विसं २०८२ पुस २५ गते बाँडफाँड गरेको थियो ।
उक्त आईपीओ बाँडफाँड भएको ६ महिना पुरा हुन लागेकाले सामुहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि सकिन लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।