सालपा विकास बैंकले डाक्यो साधारण सभा, कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव
काठमाण्डौ । सालपा विकास बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी असार १५ गते खोटाङ जिल्लाको दिक्तेलमा रहेको शुभम फाउन्डेशनको परिसरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।उक्त सभामा बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रयोजन लगायत अन्य संशोधनका लागि...

