शुक्रबार, असार ५,२०८३ 12:33:16
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 12:33:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकप फुटबलः कतारको पोस्टमा क्यानडाको आधा दर्जन गोल

Laxmi Sunrise Bank Limited
विश्वकप फुटबलः कतारको पोस्टमा क्यानडाको आधा दर्जन गोल
Shivam Cement

काठमाण्डौ । क्यानडाले फिफा विश्वकप २०२६ मा आफ्नो इतिहासकै पहिलो जित दर्ता गर्दै कतारलाई ६–० ले पराजित गरेको छ। तर मिडफिल्डर इस्माइल कोनेको गम्भीर चोटका कारण टोलीमा चिन्ता बढाई दिएको छ ।

खेलको दोस्रो हाफमा कतारी खेलाडी असिम ओमर माडिबो सँग बलका लागि भएको प्रतिस्पर्धाका क्रममा कोने गम्भीर रूपमा घाइते भएका थिए। प्रारम्भमा पहेंलो कार्ड पाएका माडिबोलाई भिडियो सहायक रेफ्री (भीएआर) को हस्तक्षेपपछि रातो कार्ड देखाइएको थियो।

घाइते कोनेलाई लामो उपचारपछि स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो। त्यसक्रममा समर्थकहरूले उनको नाम उच्चारण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्स खेलाडीको अवस्थाप्रति भावुक बनेका देखिएका थिए।

Bizshala
New Office
CG Motors

खेलमा क्यानडाका लागि साइल लारिन ले १६औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए। त्यसपछि जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरे। नाथन सालिबाले फ्रिकिकमार्फत गोल गरेपछि घाइते कोनेको जर्सी प्रदर्शन गर्दै उनलाई समर्पित गरेका थिए।

कतारका होमाम एल अमिन पनि पहिलो हाफमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। पछि माडिबो पनि निष्कासित भएपछि कतार नौ खेलाडीमा झरेको थियो।

Garima Development Bank
Shivam Cement
Bizshala

अर्को गोल कतारका मोहम्मद अल मन्नाईको आत्मघाती गोलबाट सम्भव भयो। इन्जुरी समयमा डेभिडले आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

यो जितसँगै क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भए पनि उत्कृष्ट गोल अन्तरका आधारमा क्यानडा स्विट्जरल्यान्डभन्दा अगाडि रहेको छ। इस्माइल कोनेको चोटले क्यानडाको आगामी विश्वकप यात्रामा ठूलो असर पार्न सक्ने चिन्ता बढाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.