मंगलवार, श्रावण १९,२०८३ 02:16:43
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:16:43
Bizshala
Global IME Bank Limited

क्लियर मेनले नेपालमा ल्यायो ‘फिफा वल्र्ड कप २०२६’ अभियान, ‘रोनाल्डो प्याक’ बजारमा

क्लियर मेनले नेपालमा ल्यायो ‘फिफा वल्र्ड कप २०२६’ अभियान, ‘रोनाल्डो प्याक’ बजारमा
New Office

काठमाण्डौ । एन्टी–ड्यान्ड्रफ मेन स्याम्पु ब्रान्ड क्लियर मेनले फिफा वर्ल्ड कप २०२६सँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपाली फुटबल प्रेमीहरूमाझ विस्तार गर्दै ‘क्लियर हेडले खेलौँ’ अभियान सार्वजनिक गरेको छ।

नेपालमा पछिल्लो समय फुटबलको लोकप्रियता मैदानमा सीमित नरही फुटसल, खेल स्क्रिनिङ, सामाजिक सञ्जाल तथा युवा पुस्ताको अभिव्यक्तिसँग जोडिँदै गएको सन्दर्भमा कम्पनीले नयाँ अभियान ल्याएको जनाएको छ। अभियानले फुटबलप्रतिको उत्साह, आत्मविश्वास र स्पष्ट सोचको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

अभियानअन्तर्गत क्लियर मेनले सीमित संस्करणको रोनाल्डो प्याक बजारमा ल्याएको छ। उक्त प्याकमा विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टीयानो रोनाल्डोको तस्बिर र हस्ताक्षर समावेश गरिएको छ, जसले खेलप्रतिको समर्पण, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको भावनालाई प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ।

अभियानको मुख्य आकर्षणका रूपमा ‘क्लियर हेडले खेलौँ’ एन्थम सार्वजनिक गरिएको छ। नेपाली हिप–हप कलाकार गिरीश खतिवडाद्वारा प्रस्तुत गीतले क्लियर मेनको विश्वव्यापी अवधारणा ‘प्ले विथ अ क्लियर हेड’लाई नेपाली युवा तथा फुटबल संस्कृतिसँग जोड्ने प्रयास गरेको कम्पनीले जनाएको छ।

यूनिलिभर नेपालकी मार्केटिङ हेड सुरभी गोस्वामीले आजको फुटबल प्रदर्शनसँगै अभिव्यक्तिको माध्यम पनि बनेको बताउँदै अभियानमार्फत नेपाली युवाले फुटबललाई अनुभव गर्ने विविध पक्षसँग जोडिन खोजिएको बताइन्। उनका अनुसार क्लियर मेनको मूल सन्देश आत्मविश्वास र स्पष्ट सोच हो, जुन अभियानको केन्द्रमा रहेको छ।

त्यसैगरी, अमलन मुखर्जीले अभियानले क्लियर मेनको विश्वव्यापी पहिचानलाई नेपाली संस्कृति र उपभोक्तासँग नजिक ल्याउने प्रयासलाई प्रतिबिम्बित गर्ने बताए। उनले फिफा वर्ल्ड कप २०२६ को विश्वव्यापी उत्साहलाई नेपालका फुटबल समर्थकहरूको भावनासँग जोडेर उपभोक्तासँग थप अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गरे।

उपभोक्ता सहभागिता बढाउने उद्देश्यले कम्पनीले नेपालमा पहिलो पटक ‘वाश एण्ड स्टाइलिङ एक्सपिरियन्स’ समेत सुरु गरेको छ। अभियानअन्तर्गत सीमित संस्करण रोनाल्डो प्याक खरिद गर्ने उपभोक्ताले काठमाण्डौस्थित लक्ष्मी सैलुनमा विशेष हेयरकेयर तथा स्टाइलिङ सेवा निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियानलाई डिजिटल प्लेटफर्म, स्थलगत कार्यक्रम, टिकटक तथा रिल्स चुनौती, कन्टेन्ट क्रिएटरहरूको सहभागिता र विभिन्न उपभोक्ता–केन्द्रित गतिविधिमार्फत प्रवर्द्धन गरिनेछ।

हाल क्लियर एन्टी–ड्यान्ड्रफ स्याम्पु पुरुषका लागि ‘कुल स्पोर्ट मेन्थोल’ तथा महिलाका लागि ‘एन्टी हेयरफल’ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी उत्पादनहरू ३२५ एमएल र ६२५ एमएल प्याकमा देशभरका परम्परागत तथा आधुनिक बिक्री केन्द्रका साथै अनलाइन माध्यमबाट उपलब्ध छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.