शनिबार, श्रावण १६,२०८३ 03:36:10
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 03:36:10
Bizshala
Global IME Bank Limited

फिफामा उजुरी गर्ने इरानको तयारी, विश्वकपमा अमेरिकाले यात्रामा प्रतिबन्ध लगाएको आरोप

फिफामा उजुरी गर्ने इरानको तयारी, विश्वकपमा अमेरिकाले यात्रामा प्रतिबन्ध लगाएको आरोप
New Office

काठमाण्डौ । इरानको राष्ट्रिय फुटबल टोलीले २०२६ को फिफा विश्वकपका क्रममा आफूहरूलाई आयोजक देशहरूले यात्रा प्रतिबन्ध र असहज नियम लगाएको भन्दै फिफामा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ।

इरान फुटबल संघका अनुसार टोलीले प्रतियोगिताको तयारी तालिका समयमै बुझाए पनि खेलाडी तथा प्राविधिक स्टाफको योजनाअनुसार यात्रा गर्न बारम्बार अवरोध सिर्जना गरिएको छ।

इरानले आफ्नो बेस क्याम्प मेक्सिकोको तिजुआनाबाट संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा हुने समूह चरणको खेलका लागि दुई दिनअघि नै यात्रा गर्न अनुमति मागेको थियो। तर उक्त अनुरोध अस्वीकृत भएको संघले जनाएको छ।

इरानका अनुसार दिउँसो १२ बजे हुने खेलअघि पर्याप्त तयारी, अभ्यास र खेलाडीको अनुकूलनका लागि समय चाहिएको भए पनि त्यो सुविधा नदिइएको हो।

अमेरिकी अधिकारीहरूले भने इरानलाई पहिले नै जानकारी दिइएको दाबी गर्दै टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश अनुमति दिइएको र खेल सकिएपछि सोही दिन वा तुरुन्तै देश छोड्नुपर्ने नियम लागू गरिएको बताएका छन्।

यसै नियमका कारण इरानले अमेरिका भित्र लामो समय बस्न वा सामान्य पुनःस्थापना गर्न नपाएको गुनासो गरेको छ।

इरान फुटबल संघले यी नियमहरू अन्य देशहरूमा लागू नभएको दाबी गर्दै यसले खेलमा ‘असमान व्यवहार’ सिर्जना गरेको आरोप लगाएको छ। संघले अब यो विषय फिफा समक्ष औपचारिक रूपमा उठाउने जनाएको छ।

टोलीले हालसम्म समूह चरणमा न्यूजिल्यान्डसँग २–२ को बराबरी खेलेको छ र अर्को महत्वपूर्ण खेल बेल्जियमसँग खेल्ने तयारीमा छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.