सोमबार, श्रावण १८,२०८३ 09:01:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:01:18
Bizshala
Global IME Bank Limited

यामाल र ओयार्जाबाल चम्किँदा साउदी अरेबियामाथि स्पेनको रवाफ, ४–० ले विजयी

यामाल र ओयार्जाबाल चम्किँदा साउदी अरेबियामाथि स्पेनको रवाफ, ४–० ले विजयी
New Office

काठमाण्डौ । युवा स्टार लामिन यामाल र फरवार्ड मिकेल ओयार्जाबालको उत्कृष्ट प्रदर्शनमा स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा साउदी अरेबियामाथि ४–० को प्रभावशाली जित दर्ता गरेको छ।

आइतबार एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै साउदी अरेबियालाई दबाबमा राखेको थियो। खेलको १०औँ मिनेटमा यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। ओयार्जाबालको आकर्षक पासमा यामालले पोस्ट नजिकबाट बल जाली चुमाउँदै विश्वकपमा आफ्नो पहिलो गोल गरेका हुन्।

पहिलो गोलपछि थप आत्मविश्वासी बनेको स्पेनले २१औँ मिनेटमा अग्रता दोब्बर बनायो। कर्नरबाट सिर्जित अवसरमा डिफेन्डर आयमेरिक लापोर्तेले बल झारिदिएपछि ओयार्जाबालले गोल गरे। त्यसको तीन मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३–० को बलियो स्थितिमा पुर्याए।

दोस्रो हाफको सुरुमै स्पेनले चौथो गोल थप्यो। कर्नरबाट आएको बल रोक्ने क्रममा साउदी अरेबियाका डिफेन्डर हसन अल–ताम्बाक्तीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता ४–० पुगेको थियो।

जितसँगै स्पेनले दुई खेलबाट चार अंक जोडेको छ भने साउदी अरेबिया एक अंकमा सीमित रहेको छ। यसअघि स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो।

खेलपछि दुई गोलकर्ता ओयार्जाबालले आफूलाई केही प्रमाणित गर्नुपर्ने दबाब नरहेको बताउँदै टोली र प्रशिक्षकको विश्वास नै आफ्नो लागि सबैभन्दा महत्वपूर्ण भएको प्रतिक्रिया दिए। यता, विश्वकपमा पहिलो गोल गरेका यामालले यस उपलब्धिलाई “सपना पूरा भएको क्षण” को संज्ञा दिएका छन्।

स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले आफ्नो ६५औँ जन्मदिन विशेष जितसँगै मनाएका छन्। यो नतिजाले स्पेनलाई नकआउट चरणतर्फ अघि बढ्ने सम्भावना थप बलियो बनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.