मंगलवार, असार ९,२०८३ 08:45:13
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:45:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकप इतिहासमा मेस्सीको नयाँ कीर्तिमान, सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा

Laxmi Sunrise Bank Limited
विश्वकप इतिहासमा मेस्सीको नयाँ कीर्तिमान, सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा

काठमाण्डौ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। अस्ट्रियाविरुद्धको समूह ‘जे’ अन्तर्गतको खेलमा दुई गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोलसंख्या १८ पुर्याएका हुन्।

डलास स्टेडियममा सोमबार सम्पन्न खेलको ३८औँ मिनेटमा गोल गर्दै मेस्सीले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई उछिनेका थिए। त्यसपछि इन्जुरी समयमा थप एक गोल गर्दै उनले पुरुष तथा महिला दुवै विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने उपलब्धि हासिल गरे। यसअघि उक्त कीर्तिमान ब्राजिलकी महान् खेलाडी मार्टाको नाममा १७ गोलसहित रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

३८ वर्षीय मेस्सी आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। उनले सन् २००६ मा पहिलोपटक विश्वकप खेलेका थिए। अस्ट्रियाविरुद्धको खेलअघि उनले अल्जेरियामाथिको ३–० को जितमा ह्याट्रिक गर्दै क्लोजेको कीर्तिमान बराबरी गरेका थिए।

अस्ट्रियाविरुद्धको खेलमा मेस्सीले सुरुमै पेनाल्टी अवसर गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए। यससँगै साविक विजेता अर्जेन्टिना नकआउट चरण नजिक पुगेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेस्सी विश्वकपका लगातार छ संस्करणमा गोल गर्ने दुर्लभ खेलाडीमध्ये एक बनेका छन्। उनको निरन्तर उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने सम्भावनालाई थप बलियो बनाएको विश्लेषकहरूको भनाइ छ।

विश्वकप सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सीपछि क्लोजे ९१६०, ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो (१५) तथा जर्मनीका गेर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पे क्रमशः रहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.