बुधबार, असार १०,२०८३ 07:17:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:17:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौमा सफल आयोजना पछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ अब पोखरामा पनि

Laxmi Sunrise Bank Limited
काठमाण्डौमा सफल आयोजना पछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ अब पोखरामा पनि

काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। कार्यक्रम विसं २०८३ असार १० गतेदेखि असार १५ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।

नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा अत्याधुनिक प्रविधियुक्त सवारी साधनहरू अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा जीएसी आयन, रिडारा तथा दायुनका लोकप्रिय विद्युतीय मोडलहरू प्रदर्शनीमा राखिने छन्।

New Office
CG Motors
Garima Development Bank

व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त विद्युतीय सवारी साधनहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष नगद छुट, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध गराइने सीजी मोटर्सले जनाएको छ।

विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइल प्रेमी, व्यवसायी तथा वातावरणमैत्री यातायाततर्फ आकर्षित व्यक्तिहरूका लागि यो कार्निभल विशेष अवसर हुने अपेक्षा गरिएको छ। ग्राहकहरूले विभिन्न ईभी ब्रान्डहरूको विशेषता, प्रविधि तथा सुविधाबारे प्रत्यक्ष जानकारी लिनुका साथै टेस्ट ड्राइभको अनुभव समेत प्राप्त गर्न सक्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सीजी मोटर्सका अनुसार, काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको ‘महामेला एक्सचेन्ज कार्निभल’ को उत्साहजनक प्रतिक्रियापछि पोखरामा पनि कार्यक्रम आयोजना गरिएको हो। 

यो कार्निभल केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री तथा वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्ने अभियानको हिस्सा हो। एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, आकर्षक खरिद सुविधा तथा एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई विद्युतीय सवारीसाधनतर्फ आकर्षित गर्ने लक्ष्य कार्यक्रमले राखेको छ।

कार्यक्रम विवरण:

  • कार्यक्रम:महा मेला एक्सचेन्ज कार्निभल
  • स्थान:अमरसिंह मैदान, पोखरा
  • मिति:२०८३ असार १० गतेदेखि १५ गतेसम्म
  • समय:बिहान ९:३० बजेदेखि साँझ ६:०० बजेसम्म
  • आयोजक:सीजी मोटर्स
  • प्रदर्शनीमारहने ब्रान्डहरू: जीएसी आयन, रिडारा र दायुन
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.