सोमबार, श्रावण १८,२०८३ 06:40:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:40:25
Bizshala
Global IME Bank Limited

विश्वकपमा ट्युनिसियामा नेदरल्यान्ड्सको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा

विश्वकपमा ट्युनिसियामा नेदरल्यान्ड्सको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा
New Office

काठमाण्डौ । नेदरल्यान्ड्सले ट्युनिसियामाथि ३–१ को सहज जित दर्ता गर्दै फिफा विश्वकप २०२६ को समूह ‘एफ’ को शीर्ष स्थान सुरक्षित गरेको छ। यससँगै नेदरल्यान्ड्सले अन्तिम ३२ मा स्थान बनाउँदै समूह ‘सी’ को उपविजेता मोरक्कोसँग प्रतिस्पर्धा गर्ने भएको छ।

खेलको तेस्रो मिनेटमै ट्युनिसियाका कप्तान एलियेस स्किरीबाट भएको आत्मघाती गोलले नेदरल्यान्ड्सले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि ब्रायन ब्रोबेले भर्जिल भान डाइकको पासलाई नजिकबाट गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। यो ब्रोबेको प्रतियोगितामा तेस्रो गोल हो।

दोस्रो हाफको ५४औँ मिनेटमा हाजेम मस्तौरीले हेडरमार्फत गोल गर्दै ट्युनिसियालाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसको केही समयपछि यान पाउल भान हेकेले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै नेदरल्यान्ड्सलाई पुनः दुई गोलको सुरक्षित अग्रता दिलाए।

पूरै खेलभर नेदरल्यान्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियामाथि दबाब कायम राख्यो। ट्युनिसियाले केही अवसर सिर्जना गरे पनि खेलमा प्रभाव जमाउन सकेन।

यस हारसँगै ट्युनिसियाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ। टोलीले तीनै खेल गुमाउँदै प्रतियोगिताभर १२ गोल व्यहोरेको छ। यसअघि स्विडेनसँग ५–१ को हारपछि टोलीले मुख्य प्रशिक्षकलाई समेत बर्खास्त गरेको थियो। यसअघि ट्युनिसिया जापानसँग ४ गोलको अन्तरले पराजित भएको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.