आईतवार, असार १४,२०८३ 09:24:22
Bizshala
  • आईतवार, असार १४,२०८३ 09:24:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक सेयर अनुपात ६० प्रतिशतमा झार्ने प्रक्रिया शुरु

Laxmi Sunrise Bank Limited
कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक सेयर अनुपात ६० प्रतिशतमा झार्ने प्रक्रिया शुरु

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुनेछ ।  

यसअघि संस्थामा  संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम थियो । बैंकका अनुसार आफ्नो संस्थापक सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गर्न इच्छुक नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, गीता मन्दिर रोड, वीरगञ्ज, पर्सामा पुगेर लिखित स्वघोषणा वा निवेदन पेश गर्नुपर्नेछ।

New Office
CG Motors
Garima Development Bank

तोकिएको अवधिभित्र कुनै पनि स्वघोषणा वा निवेदन पेश नगर्ने संस्थापक सेयरधनीको हकमा भने उनीहरूको संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न सहमति रहेको मानिने बैंकले जनाएको छ। त्यसपछि बैंकले प्रचलित व्यवस्था अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, सेयर खरिद–बिक्री, घरायसी नामसारी, मृत्यु नामसारी तथा अंशबण्डालगायत कारणले सेयर नामसारी गर्न बाँकी रहेका सम्पूर्ण सेयरधनीलाई पनि सूचना प्रकाशित भएको अवधिभित्र नामसारी प्रक्रिया सम्पन्न गर्न बैंकले अनुरोध गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.