कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज आयोजना हुँदै, यी प्रस्ताव हुनेछन् पारित
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । बैंकको १८ औं वार्षिक साधारण सभा आज विरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सभा सुरु हुँदैछ।उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

