बिहीबार, श्रावण १४,२०८३ 12:52:25
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:52:25
Bizshala
Global IME Bank Limited

समूह चरणमा अर्जेन्टिनाको शतप्रतिशत जित, मेस्सी बने विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी

समूह चरणमा अर्जेन्टिनाको शतप्रतिशत जित, मेस्सी बने विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
New Office

काठमाण्डौ । अर्जेन्टिनाले विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै समूहमा शतप्रतिशत जित हासिल गरेको छ। अन्तिम खेलमा जोर्डनविरुद्ध ३–१ को जित निकाल्दै टोलीले आफ्नो दबदबा कायम राखेको हो ।

खेलमा जोर्डनले आफ्नो पहिलो विश्वकप सहभागितामा सम्मानजनक प्रदर्शन गरे पनि अंक जोड्न भने सकेन र समूह चरणका तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फेरि एक पटक इतिहास रचेका छन्। उनले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका छन्।

यो गोलसँगै मेस्सीको विश्वकप गोल संख्या १९ पुगेको छ, जसले उनलाई प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा थप मजबुत बनाएको छ।

मेस्सीको गोलअघि अर्जेन्टिनाले खेलमा नियन्त्रण कायम राखेको थियो भने जोर्डनले दोस्रो हाफमा एक गोल फर्काए पनि जित आफ्नो पक्षमा पार्न सकेन।

यस जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्दै उपाधि रक्षा यात्रालाई अघि बढाएको छ, भने जोर्डन पहिलो सहभागितामै बिना अंक प्रतियोगिताबाट बाहिरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.