सोमबार, श्रावण १८,२०८३ 06:49:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:49:12
Bizshala
Global IME Bank Limited

काठमाण्डौ कालोसिसा प्रयोग गर्ने सवारीमाथि ट्राफिकको विशेष अभियान, एकै दिन ५७ सवारी कारबाही

काठमाण्डौ कालोसिसा प्रयोग गर्ने सवारीमाथि ट्राफिकको विशेष अभियान, एकै दिन ५७ सवारी कारबाही
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरी सञ्चालन गरिएका सवारीसाधनविरुद्ध विशेष अभियान सञ्चालन गर्दै एकै दिन ५७ वटा सवारीसाधनलाई कारबाही गरेको छ।

आइतबार उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष ट्राफिक जाँचका क्रममा नियमविपरीत कालोसिसा प्रयोग गरेका सवारीसाधन फेला परेपछि चालकलाई जरिबानासहित कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार कानूनले अनुमति नदिएको अवस्थामा सवारीसाधनमा कालोसिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेकाले निगरानी थप कडा बनाइएको हो।

उनले भने,कानूनविपरीत सवारीसाधनमा कालोसिसा प्रयोग गर्न पाइँदैन।  

आज मात्र ५७ वटा सवारीसाधनमाथि कारबाही गरी जरिबाना गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय निजी गाडी, ट्याक्सी तथा माइक्रोबसलगायतका सवारीमा कालोसिसाको प्रयोग बढ्दै गएको पाइएपछि विशेष अभियान सञ्चालन गरिएको हो।

प्रहरीले कालोसिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट सहजै देख्न नसकिने भएकाले आपराधिक गतिविधि लुकाउन, लागुऔषध, अवैध मुद्रा वा अन्य गैरकानूनी वस्तुको ओसारपसार गर्न तथा फरार व्यक्तिको आवतजावत सहज बनाउन सक्ने जोखिम रहने जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीसाधनको रङ, स्वरूप, सिट संख्या, इन्जिन वा चेसिसमा परिवर्तन हुने कुनै पनि किसिमको हेरफेर गर्न पाइँदैन।

ट्राफिक प्रहरीले नियमविपरीत कालोसिसा प्रयोग गर्ने सवारीसाधनमाथि आगामी दिनमा पनि नियमित निगरानी र कारबाही अभियानलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.