सोमबार, असार १५,२०८३ 10:53:01
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:53:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आधुनिक प्रविधि र जलवायुमैत्री खेतीमार्फत धानमा आत्मनिर्भरता आवश्यक: मन्त्री चौधरी

Laxmi Sunrise Bank Limited
आधुनिक प्रविधि र जलवायुमैत्री खेतीमार्फत धानमा आत्मनिर्भरता आवश्यक: मन्त्री चौधरी

काठमाण्डौ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, कृषि अनुसन्धान र सरोकारवाला निकायबीचको समन्वय अपरिहार्य रहेको बताएकी छन् ।

२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराले नेपालको कृषि क्षेत्रको वर्तमान आवश्यकता र चुनौतीलाई समेटेको उल्लेख गरिन् ।

New Office
CG Motors
Garima Development Bank

उनले धान नेपालीहरूको प्रमुख खाद्यबाली मात्र नभई धर्म, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको बाली भएको बताउँदै स्थानीय तथा जंगली धानका जातको संरक्षण, संवर्द्धन र उपयोगले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन क्षमता वृद्धि तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरिन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री चौधरीले धान तथा चामल आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधाको विस्तार, कृषि सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै, स्थानीय तथा जंगली धानका जातको पहिचान, संकलन, संरक्षण तथा जलवायुमैत्री जात विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याइन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.