आईतवार, श्रावण ३,२०८३ 09:11:23
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 09:11:23
Bizshala
Global IME Bank Limited

विश्वकपमा निराशाजनक प्रदर्शनसँगै दक्षिण कोरियाको फुटबल संरचनामा व्यापक सुधारको माग

विश्वकपमा निराशाजनक प्रदर्शनसँगै दक्षिण कोरियाको फुटबल संरचनामा व्यापक सुधारको माग
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ को समूह चरणबाटै अप्रत्याशित रूपमा बाहिरिएपछि दक्षिण कोरियाली राष्ट्रिय फुटबल टोलीको चर्को आलोचना भईरहेको छ । मुख्य प्रशिक्षक होङ म्युङ–बो ले पदबाट राजीनामा दिएका छन्। टोलीको कमजोर प्रदर्शनपछि देशभर चर्को आलोचना भएको छ भने सरकारदेखि पूर्व खेलाडीसम्मले दक्षिण कोरियाली फुटबलको नेतृत्व र संरचनामा व्यापक सुधार गर्न माग गरेका छन्।

दक्षिण कोरिया समूह ‘ए’ मा चेकियाविरुद्ध २–१ को जित निकाल्न सफल भए पनि त्यसपछि मेक्सिको र दक्षिण अफ्रिकासँग समान १–० गोल अन्तरले पराजित भयो। अन्तिम खेलमा दक्षिण अफ्रिकासँगको अप्रत्याशित हारले दक्षिण कोरियाको नकआउट चरण पुग्ने सम्भावना समाप्त भएको थियो।

राजीनामाको घोषणा गर्दै प्रशिक्षक होङले समर्थकसँग क्षमायाचना गर्दै टोलीले अपेक्षाअनुसार नतिजा दिन नसकेको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्।

टोलीको निराशाजनक प्रदर्शनपछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ ले खेल प्रशासनमाथि कडा असन्तुष्टि व्यक्त गर्दै घटनाको विस्तृत छानबिन गर्न निर्देशन दिएका छन्। उनले योग्य नेतृत्वको अभाव र व्यवस्थापकीय कमजोरीका कारण यस्तो परिणाम आएको टिप्पणी गर्दै खेल प्रशासनमा सुधार आवश्यक रहेको बताएका छन्।

पूर्व कप्तान पार्क जी–सुङले विगतका गल्तीबाट पाठ नसिक्दा यस्तै अवस्था दोहोरिएको उल्लेख गर्दै दक्षिण कोरियाली फुटबलको दीर्घकालीन विकास रणनीति पुनः समीक्षा गर्नुपर्ने बताएका छन्। यस्तै, सन् २००२ विश्वकप टोलीका सदस्य ली चुन–सुले पनि नेतृत्व तहमा व्यापक परिवर्तनको आवश्यकता औंल्याएका छन्।

यसैबीच, कोरिया फुटबल संघका अध्यक्ष चुङ मोंग–ग्यु माथि पनि समर्थकको असन्तुष्टि बढेको छ। लामो समयदेखि नेतृत्वमा रहेका उनी विश्वकपपछि पद छाड्ने घोषणा गरिसकेका छन्। टोलीका कप्तान सन ह्युङ–मिन को अन्तर्राष्ट्रिय भविष्यबारे पनि अन्योल कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.