मंगलवार, असार १६,२०८३ 09:55:17
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:55:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कृषिमन्त्री चौधरीको कडा निर्णय, नार्कमा सुशासनका लागि नयाँ सरुवा मापदण्ड लागू

काठमाण्डौ केन्द्रित तथा काज प्रथाको अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने, कार्यसम्पादनका आधारमा मात्र नेतृत्वको जिम्मेवारी

Laxmi Sunrise Bank Limited
कृषिमन्त्री चौधरीको कडा निर्णय, नार्कमा सुशासनका लागि नयाँ सरुवा मापदण्ड लागू

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्न कडा मापदण्ड ल्याएकी छिन् ।

नार्कमा सुशासन कायम गर्न र मुलुकको विभिन्न भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन मन्त्री चौधरीले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ कार्यान्वयनमा ल्याउने भएकी छिन् । यस मापदण्डले वर्षौंदेखि काठमाण्डौ केन्द्रीत बस्दै आएका कर्मचारीहरुको बसाईलाई अन्त्य गर्दै दुर्गमका कार्यालयहरूमा समेत कर्मचारी पठाउने व्यवस्था हुने भएको छ ।

मन्त्री चौधरीको यो निर्णयले नार्कमा देखिएको विकृतिलाई चिर्ने निर्मम कदमका रूपमा लिइएको छ । वर्षोदेखि नार्कमा राजनीतिक पहुँचको आधारमा केही कर्मचारी काठमाडौँमा मात्र बस्दै आएका छन् । केही कर्मचारीहरु काठमाण्डौबाट नियुक्ती लिई सोही स्थानबाट अवकाश समेत पाउने गरेका छन् । तर, आगामी दिनमा भौगोलिक क्षेत्रको आवश्यकता अनुसार कर्मचारी खटाइने मन्त्री चौधरीको भनाई छ । पहुँच नभएका कर्मचारी भने दुर्गममा नियुक्त भई त्यहींबाट अवकाश हुने अवस्था अब रहने छैन । उनले भनिन् ‘साथै दुर्गमका कार्यालयमा कर्मचारी चरम अभाव हुने र धेरै कर्मचारी काठमाण्डौ केन्द्रित मात्र हुने हुँदा यसले संस्थाको अनुसन्धान कार्यमा गम्भीर विसंगति र असमानता सिर्जना गरि नेपालको भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यमा समेत धेरै नै प्रभाव पारेको छ ।’

New Office
CG Motors
Garima Development Bank

नयाँ मापदण्डअनुसार अब निश्चित समयावधिमा मात्र सरुवा हुने, समान भौगोलिक वर्गका कार्यालयबीच सरुवा नगर्ने र काठमाडौँ केन्द्रित भई मात्र कर्मचारी बस्न नपाउने व्यवस्था छ । साथै, कार्यालय प्रमुखको जिम्मेवारी नेतृत्व क्षमता, कार्यसम्पादन, बेरुजू फछ्र्यौट र लक्ष्य प्रगतिका आधारमा दिइने भएको छ । विभागीय कारबाहीको प्रक्रियामा रहेका कर्मचारीलाई प्रमुखको जिम्मेवारी नदिने ९भए हटाउने० र पदअनुसार वरिष्ठताका आधारमा मात्र जिम्मेवारी दिने व्यवस्था पनि मापदण्डमा समावेश छ । साथै, अहिले नियुक्त हुने सबै कर्मचारीलाई काठमाडौँ बाहिरका रिक्त पदहरूमा पदस्थापन गरिने व्यवस्था यसै मापदण्डमा छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री चौधरीले यस मापदण्डले नार्कमा देखिएका विकृतिहरूको अन्त्य गरी किसानको आवश्यकता अनुसारको अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन् । ‘यो मापदण्डले संस्थालाई नयाँ दिशा प्रदान गर्नुका साथै दुर्गम क्षेत्रसम्म अनुसन्धान सेवा पुर्याउन कर्मचारीहरूलाई प्रतिबद्ध बनाउनुका साथै अनुसन्धानका नतिजाहरू किसानको खेतबारीसम्म पुर्याउनु नै हाम्रो मुख्य दायित्व हो,’ उनले भनिन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.