मंगलवार, असार १६,२०८३ 10:54:34
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:54:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पेनाल्टीमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को अन्तिम १६ मा, क्यानडासँग भिडन्त पक्का

Laxmi Sunrise Bank Limited
पेनाल्टीमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को अन्तिम १६ मा, क्यानडासँग भिडन्त पक्का

काठमाण्डौ । २०२६ फिफा विश्वकपअन्तर्गत रोमाञ्चक प्रि–क्वार्टरफाइनल खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

New Office
CG Motors
Garima Development Bank

निर्धारित १२० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमार्फत भएको थियो। 

यसअघि नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२औँ मिनेटमा अग्रता दिलाएका थिए। तर मोरक्कोले अन्तिम क्षणमा पुनरागमन गर्दै इशा दियापको गोलमार्फत खेल बराबरीमा ल्यायो। 

पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सका खेलाडीहरूले पाँचमध्ये मात्र २ पेनाल्टी सफल बनाए भने दुई प्रहार असफल भएका थिए। मोरक्कोले पाँचमध्ये ३ पेनाल्टी गोलमा परिणत गर्दै महत्वपूर्ण जित हात पारेको हो।

मोरक्कोका स्टार खेलाडी इस्माइल साइबारीले पेनाल्टीमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे। खेलको तनावपूर्ण क्षणमा उनले शान्त रहँदै बललाई निश्चयका साथ गोलमा परिणत गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे ।

पेनाल्टी विवरण

नेदरल्यान्ड्सः ✔️ ❌ ✔️ ❌ ❌

मोरक्कोः ❌ ✔️ ✔️ ❌ ✔️

खेलमा दुवै टोलीले कडा प्रतिस्पर्धा प्रस्तुत गरेका थिए। अतिरिक्त समयमा मोरक्कोले दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल पेनाल्टीसम्म पुगेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस जितसँगै मोरक्कोले २०२६ विश्वकपको अन्तिम १६ मा स्थान बनाउँदै अब क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। क्यानडा यसअघि नै ऐतिहासिक जितसहित अन्तिम १६ मा पुगिसकेको छ।

नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.