शुक्रबार, कार्तिक ६,२०८३ 09:29:24
  • शुक्रबार, कार्तिक ६,२०८३ 09:29:24
Global IME Bank Limited

मेस्सीले अझै धेरै गोल गर्लान तर मेरो पहिलो लक्ष्य विश्वकप उपाधि नै हो: एमबाप्पे

Bizshala
मेस्सीले अझै धेरै गोल गर्लान तर मेरो पहिलो लक्ष्य विश्वकप उपाधि नै हो: एमबाप्पे
New Office

काठमाण्डौ । फ्रान्सका कप्तान किलियन एमबाप्पेले आफूलाई व्यक्तिगत गोल कीर्तिमानभन्दा पनि टोलीलाई फिफा विश्वकपको उपाधि दिलाउने लक्ष्यले बढी प्रेरित गरेको बताएका छन्।

मंगलबार सम्पन्न राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। उक्त खेलमा एमबाप्पेले दुई गोल गर्दै यस संस्करणमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्। साथै, विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ, जसले उनलाई लियोनेल मेस्सीको १९ गोलको कीर्तिमानभन्दा एक गोल मात्र पछाडि पुर्याएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमबाप्पेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलतालाई प्राथमिकता दिएको स्पष्ट पारे।

उनले भने, ‘हाम्रो लक्ष्य सकेसम्म अगाडि बढ्दै जुलाई १९ मा हुने फाइनलसम्म पुग्नु र उपाधि जित्नु हो। धेरै गोल गर्दा व्यक्तिगत कीर्तिमानमा अघि बढिन्छ, तर मेरो ध्यान त्यसमा होइन। मलाई विश्वास छ कि मेस्सीले पनि थप गोल गर्नेछन्। त्यसैले मेरो सम्पूर्ण ध्यान आगामी प्रतिद्वन्द्वी र फाइनलसम्म पुग्ने यात्रामै केन्द्रित छ।’

अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। पाराग्वेले यसअघि जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

एमबाप्पेले पाराग्वेविरुद्धको खेललाई सहज रूपमा नलिइने बताउँदै टोलीले अझै केही पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले भने, ‘हामी पाराग्वेविरुद्धको खेलअघि आफ्ना कमजोरी सुधार गर्नेछौं। केही पक्ष अझै स्पष्ट छैनन् र सुधारको पर्याप्त अवसर छ। तर समग्र प्रदर्शन सकारात्मक छ। हाम्रो आक्रामक क्षमता बलियो भएकाले हामी कुनै पनि खेलमा अग्रता लिन सक्षम छौं।’

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.