बुधबार, श्रावण ६,२०८३ 03:45:00
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:45:00
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत शुरु

एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत शुरु
New Office

काठमाण्डौ । एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरु शुरु गरेको छ । यस महत्वपूर्ण उपलब्धीसँंगै, अब भिसा कार्डको सम्पूर्ण इस्यूइङ्ग, अक्वायरिङ्ग तथा कारोबारहरुको प्रोसेसिङ्ग तथा राउटिङ्ग एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत हुनेछ ।

साथै, बैंकले अब नेपालपे कार्ड पनि इस्यू तथा अक्वायर गर्नेछ जसले गर्दा बैंकको नेशनल कार्ड स्कीममा सहभागीता सबल हुनुका साथै देशव्यापी रुपमा एटीएम, पीओएस र मर्चेन्टका डिजिटल च्यानलहरुमा नेशनल कार्ड स्कीमको स्वीकार्यता बढाउन सहयोग पुगेको छ । नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीच सहकार्य भएको हुँदा बैंकको कार्डको डोमेस्टिक तथा अन्र्तराष्ट्रिय  स्वीकार्यताको क्षमता पनि थप विस्तार भएको छ  ।  

बैंकको लागि पुरानो कार्ड स्वीचबाट एनसीएचएलको ईएफटी स्वीचमा सफलतापूर्वक स्थानान्तरण गर्नु एक महत्वपूर्ण रणनीतिक  कदम हो  । यसले बैंकलाई  कार्ड सम्बन्धी कार्यहरु सञ्चालन गर्न सहज बनाउनुका साथै  सञ्चालनगत स्थायित्व कायम गर्ने, कुशलता वृद्धि गर्ने, सुरक्षा सुढृढ बनाउने तथा लागत अप्टिमाइजेशन गर्ने लगायतका सुविधाहरु प्रदान गर्नेछ ।

हाल एनसीएचएलले ईएफटी कार्ड स्विच तथा सेवाहरू सञ्चालन गर्दै आएको छ । हालसम्म ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भएको ईएफटी कार्ड स्विचले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्कीमका कार्ड सम्बन्धी कारोबारहरु प्रोसेसिङ्ग गर्दछ । गत आर्थिक वर्षमा एनसीएचएलको ईएफटी स्वीचमार्फत रु ४.२८ खर्बभन्दा बढिको कारोबारहरु प्रोसेस भएको थियो ।

एभरेष्ट बैंकले आफ्ना १३२ शाखाहरु, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटिएम टर्मिनल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.