सोमबार, श्रावण ११,२०८३ 07:19:02
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 07:19:02
Bizshala
Global IME Bank Limited

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठनः मन्त्री चौधरी

महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि समाधानको मार्गचित्र तयार

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठनः मन्त्री चौधरी
New Office

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले शुक्लफाँटा राष्ट्रिय निकुन्ज विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी छन् । मन्त्री चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिसहरुको अध्ययन गर्न चार सदस्य समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी हुन् ।

सो समितिले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय एवम तरिका सिफारिस गर्नु पर्नेछ ।

त्यसैगरी, विगतका आयोगहरुको सिफारिस अध्ययन गर्नुका साथै आयोग बनाउनु पर्ने भए सो आयोगको टीओआर सहित तयार गरी पेस गर्नु पर्नेछ ।

वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुन्जसँग स्तरउन्नती सम्मका गतिविधिमा निकुन्ज क्षेत्र भित्र रहेको वस्ती स्थानन्तरण गर्दाको जग्गा सम्बन्धी विभिन्न समस्याहरु हालसम्म पनि समाधान हुन नसकेकाले सो निकुन्जबाट विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि सो समिति गठन गरिएको मन्त्री चौधरीले बताएकी छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.