शुक्रबार, श्रावण १५,२०८३ 04:11:03
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 04:11:03
Bizshala
Global IME Bank Limited

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ
New Office

 

काठमाण्डौ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण  रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।

यसअघि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र र बीमासम्बन्धी मुद्दाका सम्पूर्ण फाइल झिकाउन आदेश दिएको थियो। ती फाइल अध्ययनपछि आज थप बहस हुने भएको हो। पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दाका मुख्य अभियुक्त दीपक भट्टसँगको आर्थिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणमा जोडेर अनुसन्धान भइरहेको छ। सरकारी पक्षका अनुसार करिब ३० करोड रुपैयाँ बराबरको सेयर केवल ३ करोड ७५ लाख रुपैयाँमा कारोबार गरिएको र त्यसमार्फत २६ करोड २५ लाख रुपैयाँभन्दा बढी रकम शुद्धीकरण भएको आशंका गरिएको छ।

सरकारी वकिलले पौडेल अर्थमन्त्री रहेका बेला राजनीतिक प्रभाव प्रयोग गरी उक्त कारोबारलाई सहज बनाएको, त्यसपछि सुपारी आयात, बीमा कम्पनीको लाइसेन्स तथा अन्य व्यावसायिक अनुमति प्रक्रियामा समेत सहजीकरण गरेको आरोप अदालतमा प्रस्तुत गरेका छन्। अनुसन्धानका क्रममा व्यवसायी चुन्नुप्रसाद शर्मासहितका व्यक्तिको बयानलाई पनि आधार बनाइएको छ।

यता पौडेल पक्षका कानुन व्यवसायीहरूले भने आरोप पुष्टि हुने कुनै वस्तुगत प्रमाण नभएको, बयानको भरमा मात्रै पक्राउ गरिएको र हिरासत नै गैरकानुनी भएको दाबी गर्दै आएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाइरहेको छ। विशेष अदालतले यसअघि दुई चरणमा गरी पौडेललाई हिरासतमा राख्न अनुमति दिएको थियो। अब सर्वोच्च अदालतको आजको सुनुवाइले पौडेलको हिरासत कायम रहने वा रिहाइको आदेश आउने भन्ने विषयमा महत्वपूर्ण कानुनी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.