व्यवसायी भट्टलाई अदालत ल्याउन सर्वोच्चको आदेश
काठमाण्डौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।उनकी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सो आदेश जारी गरेको हो।

