• बिहीबार, भाद्र २६,२०८२ 02:42:27
Global IME Bank Limited

अमेरिकाले लगायो एक दर्जन बढी कम्पनीमाथि प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

Hyundai Nepal
अमेरिकाले लगायो एक दर्जन बढी कम्पनीमाथि प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

काठमाण्डौ । अमेरिकाले एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार अमेरिकाको ट्रेजरी विभागले विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।  

विभागले अमेरिकाले इरानी सेनाको तर्फबाट अवैध व्यापार तथा मानवरहित हवाई यान(यूएभी)ट्रान्सफरको सुविधाका लागि एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । यसमा तीन भारतीय कम्पनी समेत परेका छन् ।  

विभागले प्रतिबन्धित कयौं कम्पनी,व्यक्ति र जहाजहरुलाई रुस–युक्रेन युद्धको क्रममा इरानी मानवरहित यानहरुको गोप्य बिक्रीमा भूमिका रहेको उल्लेख गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकी ट्रेजरी विभागका अनुसार सहारा थण्डर यी प्रयासहरुको समर्थनमा इरानको वाणिज्य गतिविधिहरु नियाल्ने प्रम्ुख कम्पनी हो । सहारा थण्डरको समर्थन गर्ने ३ भारतीय कम्पनीमा जेन सिपीङ,पोर्ट इण्डिया प्रालि र सी आर्टशिप म्यानेजमेन्ट रहेका छन् । सहारा थण्डर इरानको रक्षा मन्त्रालय र सशस्त्र बल‘लजिस्टिक(एमओडीएएफएल)का तर्फबाट चीन,रुस र अन्य न्याय क्षेत्रमा इरानी वस्तुहरुको बिक्री तथा ढुवानीमा सामेल एउटा ठूलो सिपीङ नेटवर्कमा निर्भर रहेको विभागले जनाएको छ ।  

ट्रेजरी विभागले सहारा इरानमा सहारा थण्डरको हजारौं  यूएवीको डिजाइन,विकास,निर्माण र बिक्रीमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएको थियो ।      

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.