शनिबार, श्रावण ९,२०८३ 10:43:33
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 10:43:33
Bizshala
Global IME Bank Limited

खामेनीको अन्त्येष्टिका बीच ट्रम्पको चेतावनी, ‘एकै प्रहारमा इरानको बाँकी नेतृत्व समाप्त गर्न सक्छौँ’

खामेनीको अन्त्येष्टिका बीच ट्रम्पको चेतावनी, ‘एकै प्रहारमा इरानको बाँकी नेतृत्व समाप्त गर्न सक्छौँ’
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहमा भेला भएका इरानी शीर्ष नेतृत्वलाई लक्षित गर्दै अमेरिका चाहेमा एकै प्रहारमा बाँकी नेतृत्वलाई समाप्त गर्न सक्ने चेतावनी दिएका छन्। तर, त्यसो गरेमा वार्ताका लागि कोही बाँकी नरहने भएकाले अमेरिका त्यस्तो कदम नचाल्ने उनले बताएका छन्।

अक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘उनीहरू सबै त्यहाँ छन्। एकै प्रहारमा हामी उनीहरू सबैलाई समाप्त गर्न सक्छौँ। तर हामी त्यसो गर्दैनौँ, किनकि त्यसपछि वार्ता गर्ने कोही रहनेछैन। उनीहरू सम्झौता गर्न आतुर छन्।’

जुलाई ४ देखि सुरु भएको खामेनीको अन्त्येष्टि कार्यक्रममा इरानका विभिन्न शहरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। अन्तिम संस्कार जुलाई ९ मा मशहदमा सम्पन्न हुने कार्यक्रम छ। समारोहमा इरानका वरिष्ठ सरकारी अधिकारी, धार्मिक नेतृत्व तथा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ भने लाखौँ सर्वसाधारण पनि श्रद्धाञ्जलीका लागि उपस्थित भएका छन्।

ट्रम्पले अन्त्येष्टिमा सहभागी इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघ्ची लगायतका नेताहरू भावुक बनेका दृश्यप्रति पनि टिप्पणी गरेका छन्। धेरै इरानी नागरिक खामेनीप्रति असन्तुष्ट रहेको आफ्नो विश्वास दोहोर्याउँदै उनले सार्वजनिक रूपमा देखिएको शोक नक्कली पनि हुन सक्ने बताएका छन्।

उनले खामेनीको अन्त्येष्टिलाई ध्यानमा राख्दै अमेरिका र इरानबीचको वार्ता एक साताका लागि स्थगित गरिएको तथा यस अवधिमा दुवै पक्षले कुनै सैन्य आक्रमण नगर्ने सहमति भएको दाबी पनि गरेका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा ३६ वर्षसम्म इरानको सर्वोच्च नेता रहेका अली खामेनीको मृत्यु भएको थियो। त्यसयता जारी क्षेत्रीय द्वन्द्वका कारण इस्लामिक परम्पराअनुसार तत्काल अन्त्येष्टि गर्न नसकिएकाले उनको अन्तिम संस्कार ढिलाइ गरिएको हो।

यसैबीच, खामेनीका छोरा मोज्तबा खामेनी सुरक्षा जोखिमका कारण अन्त्येष्टिमा सहभागी नहुने जनाइएको छ। उनीमाथि सम्भावित आक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक कार्यक्रममा अनुपस्थित रहने निर्णय गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उता, जर्मनीको वेल्ट पत्रिकाको रिपोर्टअनुसार इरानी अधिकारीहरूले अन्त्येष्टि समारोहका क्रममा सम्भावित भीड दुर्घटना वा अन्य सुरक्षा जोखिमलाई मध्यनजर गर्दै १५ सय देखि ३ हजार जनासम्मको सामूहिक क्षतिको आकस्मिक योजना तयार पारेका छन्। यद्यपि, यसबारे इरान सरकारले औपचारिक पुष्टि गरेको छैन।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.