काठमाण्डौ । यस साता नेप्से परिसूचक २६५३.४० विन्दुमा कायम भई बन्द भयो । गत साता भने नेप्से २६४९.५१ विन्दु कायम भई बन्द भएको थियो ।
यस हिसाबमा यस साता नेप्से इन्डेक्स ३.८९ अंक अर्थात् ०.१५ प्रतिशतले बढेको छ ।
गत साता सूचकांक उच्चतम २,६७३.१४ र न्यूनतम २,६०२.३९ सम्म पुगेको थियो, जसअनुसार ७०.७५ अंकको उतारचढाव देखिएको छ । अघिल्लो साता भने ८५.२३ अंकको उतारचढाव भएको थियो । साताभरिमा सबैभन्दा ठूलो एक–दिनको वृद्धि बुधबार भएको थियो । त्यसदिन नेप्से ४४.६० अंक रहेको थियो । सो दिन ४.४१ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । तर, समग्र साता भरिको कुल कारोबार भने १८.३२ अर्ब रुपैयाँ रहेको छ ।
सेयरबजार ०.१५ प्रतिशतले बढ्दा यस साता ७ समूह राताम्य भएका छन् भने ६ समूहमा मात्रै हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रह्यो । यो समूह १.३८ प्रतिशतले बढेको छ ।
त्यस्तै, फाइनान्स समूह ०.६६ प्रतिशत, हाइड्रो समूह ०.१२ प्रतिशत, माइक्रोफाइनान्स ०.१६ प्रतिशत, विकास बैंक समूह ०.२३ प्रतिशत र व्यापार समूह ०.५१ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने होटल तथा पर्यटन समूह रह्यो । यो समूहले यस साता मात्रै ०.९६ प्रतिशतले गुमाएको छ ।
त्यस्तै, लगानी समूह ०.५८ प्रतिशत, जीवन बीमा समूह ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.३५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१४ प्रतिशत, निर्जीवन बीमा समूह ०.२८ प्रतिशत र अन्य समूह ०.४३ प्रतिशतले घटेको छ ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
यो साता सर्वाधिक कमाउनेमा नयाँ कम्पनीहरु रहेका छन् । सर्वाधिक स्नो रिभर्स लिमिटेडको सेयरभाउ १०१.०५ प्रतिशतले बढेको छ ।
त्यस्तै, कालंगा हाइड्रोको ३२.२३ प्रतिशत, सानिगाड हाइड्रोको ३२.२१ प्रतिशत, खानीखोला हाइड्रोको १९.५५ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १८.८८ प्रतिशत, नेपाल फाइनान्सको १५.५२ प्रतिशत, उपकार लघुवित्तको ११.११ प्रतिशत, एसबीआई डिबेञ्चर ८९ को ८.६५ प्रतिशत, स्वाभिमान लघुवित्तको ६.९४ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ६.८३ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
यो साता सर्वाधिक गुमाउने कम्पनीमा एशियन हाइड्रो रहेको छ । कम्पनीको सेयरभाउ ६.७४ प्रतिशतले घटेको छ ।
त्यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्टको ६.६६ प्रतिशत, शिखर पावर डेभलपमेन्टको ६.४६ प्रतिशत, स्वस्तिक लघुवित्तको ६.४१ प्रतिशत, विकास हाइड्रोपावरको ५.८२ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ५.८० प्रतिशत, अप्पर स्याङ्गे हाइड्रोपावरको ५.६७ प्रतिशत, कालिञ्चोक हाइड्रोपावरको ५.३६ प्रतिशत, सामुदायिक लुघवित्तको ५.३० प्रतिशत र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको ५.२० प्रतिशतले घटेको छ ।
सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी
यो साता सर्वाधिक लक्ष्मी सनराइज बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकले साताभरी कुल ७९ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ६४ करोड ९५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५७ करोड ५८ लाख, आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड ८३ लाख, कुमारी डिबेञ्चर ८९ को ३९ क रोड ६८ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३६ करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
यसका साथै सोपान फर्मास्युटिकल्सको ३२ करोड १० लाख, सिटि होटलको २९ करोड ४५ लाख, साहज उर्जाको २७ करोड ९९ लाख र अपि पावर कम्पनीको २७ करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

