नेप्सेमा नयाँ कम्पनीको रौनक, शीर्ष कमाउने सूचीमा ‘जेनजी स्टक’ हाबी
काठमाण्डौ । यो साता नेप्से परिसूचक ५७.०६ अंकले बढेर २७३४.६० विन्दुमा कायम भएको छ । अघिल्लो साता भने नेप्से परिसूचक २६७७.६७ विन्दुमा कायम भई बन्द भएको थियो । यस हिसाबले यो साता परिसूचक अघिल्लो साताको तुलनामा २.९५ प्रतिशत वृद्धि भएको छ । यस साता नेप्से परिसूचकले अधिकतम २,७५४.०८ विन्दु र न्यूनतम २,६५९.५३ विन्दु कायम गरेको छ । यस आधारमा साप्ताहिक उतारचढाव (भोलाटिलिटी) ९४.५५ अंक...

