आईतवार, आश्विन १८,२०८३ 06:33:58
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 06:33:58
Bizshala
Global IME Bank Limited

नेप्से साप्ताहिक समीक्षा : एक सातामै ४२.५६ अंक गुम्यो, कमाउनेमा अधिकाश डिबेञ्चर

Bizshala
नेप्से साप्ताहिक समीक्षा : एक सातामै ४२.५६ अंक गुम्यो, कमाउनेमा अधिकाश डिबेञ्चर
New Office

काठमाण्डौ । नेपाली सेयर बजारमा साप्ताहिक गिरावट थप गहिरिएको छ । अघिल्लो साता ०.६६ प्रतिशत घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक समीक्षा सातामा १.६२ प्रतिशतले ओरालो लागेको हो ।

परिसूचक अल्पकालीन मुभिङ एभरेजभन्दा तल रहनु र बजारको गति मापन गर्ने प्राविधिक सूचक कमजोर देखिनुले बजारमा दबाब कायमै रहेको संकेत गरेको छ ।

गत सातामा नेप्से ४२.५६ अंक घटेर २,५८७.२५ विन्दुमा बन्द भयो । अघिल्लो साताकोे अन्तिम कारोबारमा परिसूचक २,६२९.८१ विन्दुमा थियो । लगातार दुई साताको गिरावटसँगै बजारले सुधारको बलियो आधार खोजिरहेको देखिन्छ ।

समीक्षा सातामा कुल २३ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । कुल २ लाख ५३ हजार १०४ कारोबारमार्फत ६ करोड ८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । साताको अन्त्यमा नेप्सेको कुल बजार पुँजीकरण करिब ४४ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ ।

सबै समूह राताम्य  

समीक्षा सातामा नेप्सेका १३ वटै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन, व्यापार, जलविद्युत् र लगानी समूहमा २ प्रतिशतभन्दा बढी गिरावट आएको छ । प्रतिशतका आधारमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै घट्दा बैंकिङ समूहमा तुलनात्मक रूपमा कम गिरावट देखिएको छ ।

समीक्षा सातामा होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २.७१ प्रतिशतले घटेको छ। त्यसपछि व्यापार समूहमा २.४८ प्रतिशत गिरावट आएको छ । यो समूहको उपसूचक ८१.१८ अंक घटेर ३,१८८.८९ विन्दुमा बन्द भएको छ ।

जलविद्युत् समूहको उपसूचक पनि २.१३ प्रतिशतले ओरालो लागेको छ । साथै लगानी समूहको उपसूचक २ अंक अर्थात् २.०७ प्रतिशत घटेर ९४.६५ विन्दुमा आएको छ ।

जीवन बीमा समूहमा १.९६ प्रतिशत, विकास बैंक समूहको उपसूचक १.९३ प्रतिशत, उत्पादन तथा प्रशोधन र लघुवित्त समूह दुवैमा १.८५ प्रतिशत, निर्जीवन बीमा समूहको उपसूचक १.८२ प्रतिशत, फाइनान्स समूहमा १.५४ प्रतिशत गिरावट र अन्य समूहको उपसूचक१.१५ प्रतिशत घटेर १,८०९.४९ विन्दुमा आएको छ ।  

त्यस्तै, म्युचुअल फन्ड समूह ०.२० अंक अर्थात् १.०२ प्रतिशत घट्दै १९.४७ विन्दुमा सीमित भएको छ । समीक्षा सातामा सबैभन्दा कम प्रतिशत गिरावट बैंकिङ समूहमा देखिएको छ । बैंकिङ उपसूचक १०.३० अंक अर्थात् ०.६८ प्रतिशत घटेर १,४९४.४७ विन्दुमा बन्द भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

समीक्षा साता नेप्से परिसूचक घटे पनि केही कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । साताभर सर्वाधिक मूल्य बढेका १० स्टकको सूचीमा ६ वटा ऋणपत्र परेका छन् । सूचीको पहिलो तीन स्थानसमेत ऋणपत्रले ओगट्दा तीन कम्पनीका साधारण सेयर र एउटा सामूहिक लगानी कोषका इकाइ पनि टप १० मा समेटिएका छन् ।

लक्ष्मी सनराइज बैंकको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सर्वाधिक मूल्य बढ्ने धितोपत्र बनेको छ । यो ऋणपत्र १५ प्रतिशत बढेर ११५० रुपैयाँमा बन्द भएको छ ।

दोस्रो स्थानमा एनएमबी डिबेन्चर २०८९/९० छ । यसको मूल्य १४.२९ प्रतिशत वृद्धि भएको छ । तेस्रो स्थानमा आईसीएफसी फाइनान्सको ऋणपत्र २०८३ परेको छ । यसको मूल्य ९.०८ प्रतिशत बढेर १०५५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, साधारण सेयरतर्फ सिन्धु विकास बैंकको सेयरमूल्य ७.२० प्रतिशत बढेको छ भने सिद्धार्थ बैंकको ऋणपत्र २०८९ को मूल्य ९० रुपैयाँ अर्थात् ७.०९ प्रतिशत बढेर १३६० रुपैयाँ पुगेको छ ।  

यसका साथै मान्डु हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशत, घलेम्दी हाइड्रोको सेयरमूल्य ६.०३ प्रतिशत, एनआईबीएल ग्रोथ फन्डको इकाईमूल्य ८ रुपैयाँ ६९ पैसाबाट ४७ पैसा बढेर ९ रुपैयाँ १६ पैसा पुगेको छ । साताभर यसको मूल्यवृद्धि ५.४१ प्रतिशत रह्यो ।

यता प्राइम बैंकको ऋणपत्र २०९३ को मूल्य ४.६९ प्रतिशत बढेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र २०९० को मूल्य ४.१२ प्रतिशत बढेर १२२५ रुपैयाँ पुगेको छ ।  

सर्वाधिक सेयरभाउ घट्ने शीर्ष १० कम्पनी  

साताको सेयरमूल्य परिवर्तनसम्बन्धी विवरणमा गरिमा विकास बैंक सर्वाधिक मूल्य घट्ने कम्पनीको शीर्ष स्थानमा देखिएको छ । बैंकको सेयरमूल्य ११.८९ प्रतिशत घटेर ४०० रुपैयाँमा झरेको छ ।  

त्यस्तै, एपोलो हाइड्रोपावरको सेयरमूल्य ११.८० प्रतिशत घटेर ५९१.८० रुपैयाँमा सीमित भएको छ । तेस्रो स्थानमा रहेको सोपान फर्मास्युटिकल्सको सेयरमूल्य ११.०७ प्रतिशत घटेको छ । प्रारम्भिक मूल्य ७३५ रुपैयाँ रहेको कम्पनीको सेयर अन्तिममा ६५३.६० रुपैयाँमा कारोबार भएको छ ।  

यसका साथै सिद्धार्थ बैंकको सेयरमूल्य १०.६८ प्रतिशत, भुजुङ हाइड्रोपावरको सेयरमूल्य १०.५८ प्रतिशत, चिरख्वा हाइड्रोपावरको मूल्य ९.८७ प्रतिशत, धौलागिरि लघुवित्तको सेयरमूल्य ९.५४ प्रतिशत, इमर्जिङ नेपालको सेयरमूल्य ९.५० प्रतिशत, होटल फरेस्ट इनको मूल्य पनि ९.३१ प्रतिशतले घटेको छ ।

यता कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य पनि ७१६ रुपैयाँ ७० पैसाबाट ६५ रुपैयाँ ७० पैसा घटेर ६५१ रुपैयाँ कायम भएको छ । यो ९.१७ प्रतिशतको गिरावट हो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.