काठमाण्डौ । मेक्सिको सिटीस्थित एस्टाडियो अ्याज्टेकामा भएको रोमाञ्चक विश्वकप नकआउट खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।
इङ्ल्यान्डका लागि खेलको सुरुवात उत्कृष्ट रह्यो, जहाँ युवा स्टार जुड बेलिङ्घमले केही मिनेटको अन्तरालमै दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। तर घरेलु टोली मेक्सिकोले जुलियन क्विनोनेस मार्फत खेलमा फर्कने संकेत दियो।
इंग्ल्यान्डका डिफेन्डर जारेल क्वान्सा रातो कार्ड पाएर मैदान बाहिरिएसँगै इंग्ल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो ।
दोस्रो हाफमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत इंग्ल्यान्डको अग्रता बढाए। तर केही मिनेटमै मेक्सिकोले पनि पेनाल्टी पायो । जसलाई राउल हिमेनेज ले गोलमा परिणत गर्दै खेल ३–२ मा ल्याए।
मेक्सिकोले अन्तिम समयसम्म बराबरी गोलका लागि दबाब सिर्जना गरे पनि इंग्ल्यान्डले रक्षात्मक रूपमा मजबुत प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा राख्न सफल भयो।
यस जितसँगै इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि ११ जुलाईमा मियामीमा नर्वे विरुद्ध खेल्नेछ।

