काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ४० हजार कित्ता सेयरको लक इन अवधि वैशाख १५ गते समाप्त भएको हो ।
कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।
उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।