सोमबार, श्रावण ४,२०८३ 06:25:36
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 06:25:36
Bizshala
Global IME Bank Limited

सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु, आगामी आर्थिक वर्षभित्र आईपीओ जारी गर्ने तयारी

सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु, आगामी आर्थिक वर्षभित्र आईपीओ जारी गर्ने तयारी
New Office

काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले परीक्षणस्वरूप विद्युत् उत्पादन शुरु गरेको छ।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना विसं २०७८ मङ्सिरमा निर्माण शुरु गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो ।

आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनुका साथै आयोजना र उपकरणहरूको प्राविधिक परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि आयोजना नियमित व्यावसायिक उत्पादनमा प्रवेश गर्नेछ।

आयोजनाले गत मङ्सिरदेखि नै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सञ्चालन निर्धारित समयभन्दा पछि धकेलिएको हो। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच वटा टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृति प्राप्त गर्न समय लागेको बताइएको छ ।

आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट ३,१०६ मिटर लामो सुरुङमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ, जहाँ ११–११ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिएका छन्।

कुल ५ अर्ब ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.