आईतवार, श्रावण ३,२०८३ 09:40:06
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 09:40:06
Bizshala
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने
New Office

काठमाण्डौ ।  यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रदमा आवेदन नपरेको संस्थापक तर्फको ६३ हजार ८४७ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु, विराटनगर, जनकपुर, विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।  

लगानीकर्ताले साउन १ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.