काठमाण्डौ । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएको छ । चीन सरकारले आगामी वैशाख १९ गतेदेखि चीन प्रवेशका लागि आवेदन दिने नेपाली नागरिकका लागि भिसाशुल्क निःशुल्क गरेको हो ।
काठमाण्डौमा अवस्थित चिनियाँ दूतावासले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । उक्त सूचनामा एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने लिने जनाइएको छ ।
दूतावासले नियमित तालिकाबमोजिम भिसा आवेदन गर्नेलाई निःशुल्क गरिएको जनाएको छ ।
यस्तै जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ का लागि भिसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ । एक्सप्रेस २ र एक्सप्रेस १ का लागि १ हजार ३५० र २ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि उक्त शुल्क क्रमशः २ हजार ७०४ र ४ हजार थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।